रौतहटको टोलापुरको प्राबिमा दिवा खाजा बापतको रकम बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको टोलापुरको प्राबिमा दिवा खाजा बापतको रकम बितरण


प्रदीप दास । रौतहट । चैत १८ गते

रौतहटको कटहरिया नगरपालिका वडा नं. ४ टोलापुरमा अवस्थित श्री ज्ञान मन्दिर प्राथमिक बिधालयका बिधार्थीहरुलाई दिवा खाजा बापतको रकम बितरण कार्यक्रम सम्पन भएको छ ।
कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ को लागि उपलब्ध गराएको तिन लाख ९० हजार रुपैयाबाट २२५ जना बालबालिकाहरुलाई बितरण गरिएको प्रअ शंकर साहले बताएका हुन ।
कटहरिया नगरपालिका वडा ४ का पुर्व अध्यक्ष जादोलाल महतोको अध्यक्षतामा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष सर्फलाल महतो, सदस्य रामदयाल महतो नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधीको बिषेश उपस्थितीमा बिधालयका प्रधानाअध्यापक शंकर साहले १३६ दिन बापतको उक्त रकम बितरण गरिएको बताएका छन ।
रकम बितरण कार्यक्रममा बिधालयका शिक्षक शुनिल कुमार पटेल ,शिक्षिका रुबी देवी,सिर्जना कुश्वाहा, ईलका प्रहरी कार्यलय कटहरिया का सई महानन कुर्मी ,संचारकर्मी, पत्रकार लगायत स्थानियहरुको बिषेश उपस्थिती रहेका प्रधानाध्यापक शंकर साहले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस