रौतहटमा माधव समूह द्धारा विरोध प्रर्दशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा माधव समूह द्धारा विरोध प्रर्दशन


आरके श्रीवास्तव । रौतहट । चैत १८ गते
रौतहटमा माधव समूह पक्षिय यूवा संघ द्धारा विरोध प्रर्दशन गरिएको छ । मंगबार सदरमूकाम गौरमा विरोध रैली निकालिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृसंगठन युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रर्दशन गरेका थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा संघले विरोध प्रर्दशन गरेको थियो ।

प्रर्दशन पछि युवा संघका नेताहरुले केपी शर्मा ओली मुर्दावाद, माधव नेपाल जिन्दावाद,अनाधकृत रुपले कार्यवाही गर्न पाँइदैन् लगायत नारासमेत लगाएका थिए ।

सो विरोध प्रर्दशनमा समसुदिन आलम ,रामकल्याण यादव,अनिता जिम्बा , अर्जुन सिंह ,प्रविण पटेल भोला,बिटु सिंह लगायतका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस