प्रहरीले भन्सार छलीका सर–सामानहरु बुझायो भन्सार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २०, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रहरीले भन्सार छलीका सर–सामानहरु बुझायो भन्सार


रौशन चौधरी । वस । चैत १९ गते
प्रहरीले भन्सार छलीका सर–सामानहरु भन्सारमा बुझाएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मिति २०७७।१२।१८ गते जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याइ ल्याएको अन्दाजी मुल्य रु. रु.१,३६,९७०।–(एक लाख छतीस हजार नौ सय सत्तरी) बराबरको जेन्स कुर्ता, विवाह कार्ड, ई.एम.बी. साडी, अनरेसा साडी, लेडिज फ्रक, सल, कुर्ता सुरुवाल लगायतका अन्य सर–सामानहरु वेवारीसे अवस्थामा फेला पारेको थियो । जसलाइ आवश्यक कार्यवाहीको लागि बिहिवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस