रौतहटको गढिमाई नपाको २ वार्डमा नेकपा एमालेको वार्ड कमिटी भेला सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटको गढिमाई नपाको २ वार्डमा नेकपा एमालेको वार्ड कमिटी भेला सम्पन्न

रमेश कुमार यादब, रौतहट
रौतहटको गढिमाई नपाको २ वार्डमा नेकपा एमालेको वार्ड कमिटी भेला बुधबार सम्पन्न भएको छ । रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वडा नम्बर –४ सुन्दरपुर स्थित गढिमाई मन्दिरको प्राङ्गणमा टोल भेला सम्पन्न भएको कार्यक्रम सञ्चालक भागरित साहले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका प्रभावकारी रिता कुमारी कार्कीको सभापतित्वमा सम्पन्न सो वडा भेलाले भागरित साहको अध्यक्षता १९ सदस्यीय वार्ड कमिटि गठन भएको छ । बुधबारको दिन नै गढिमाई नगरपालिका–२ मा पनि वार्ड भेला गठन गरिएको थियो । गढिमाई नगरपालिका–२ को वार्ड कमिटीको अध्यक्षमा रामएकवाल साह कानुको २१ सदस्यीय वार्ड कमिटी गठन गरेको रामएकवाल साह कानुले बताएको छ । नेकपा माओवादी लगायत अन्य विभिन्न पार्टीहरुले पनि आफ्नो संगठन सुदृढीकरणको अभियानमा लागेका छन् । नेकपा एमाले बिभाजन भएपनि आफ्नो पार्टीको संगठन बलियो बनाउने गरी वार्डमा भेला गरी गठन गरिरहेको नेता साह बताए । उहाँले नेकपाको बहुमत ल्याएर अगाडी बढाउने बताएका छन । यो पार्टीले युवाहरुको ग्रहता दिएर अगाडी बढीरहेको बताएका छन । यस पाटीलाई नयाँ पिढीमा लगी युवाहरुको श्रोत साधन बनाएर उनीहरुको सोच बिचारले नै हाम्रो देशको बृद्धि हुने भनि अगाडी बढाएको छ । हाम्रो देशको कर्नअधार युवा नै रहेकोले पुरानो ब्यक्तीलाई सल्लाकारको रुपमा राख्दै गठन गरिरहेका छन । युवाले नै देशलाई समृद्धि तर्फ लाने भनि सोचको साथ बढदै छौ अध्यक्ष साहले भने । वाड कमिटि गठन भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसि गीरी ,नगर अध्यक्ष दाउद महम्मद ,दिपक यादब ,प्रभु यादब ,राम एकवाल ठाकुर ,महम्मद जर्नेल ,शम्भु साह लगायत सयकडौ नेकपा एमालेका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस