जितिया पर्वमा सार्वजनिक विदाको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
जितिया पर्वमा सार्वजनिक विदाको माग

७ असोज, सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले तीजका लागि सार्वजनिक विदा दिने गरेपनि जितिया पर्वका दिन विदा नदिइ विभेद गरेको बताए ।

सप्तरीका महिला पत्रकारहरुले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरुले नेपाल सरकारबाटै जितिया पर्वको पनि सार्वजनिक विदा दिइनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले प्रदेश सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिने गरिएपनि संघीय सरकारले ध्यान नदिएको बताइन् ।

आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासिंह थारुले तराई/मधेशका महिलाले परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्वको ठूलो महिमा हुने भएकाले यो दिन सार्वजनिक विदा दिनुपर्ने बताइन् ।

बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रंजु साह, लोसपा नेतृ पुनम यादव, सामाजिक अभियन्ता सुनिता साह, थारु महिला संघकी चन्द्रकला चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्षद्वय बिष्णु मण्डल र धिरेन्द्र साहसहितकाले पनि जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्ने बताए ।

सन्तानको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले यो जितिया पर्व मनाउने गर्छन् । एक दिन नहाई खाय गरेर अर्को दिन निराधार उपवास बसी जितमहान सम्बन्धी कथा सुन्‍ने चलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस