काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ


काठमाण्डौ
( काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका(७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस