प्रचण्डसँग चुनावमा भिड्न बादल तयार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
प्रचण्डसँग चुनावमा भिड्न बादल तयार

काठमाडौं – नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावमा भिड्न तयार रहेको बताउका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले सो कुरा बताएका हुन् । 

माओवादी केन्द्र छाडेर एमालेमा गएका बादलले चितवनका कार्यकर्ताहरु आफुतिर  भएको बताउदै आउँदो चुनावमा प्रचण्डसँग भिड्न तयार रहेको बताएका हुन् । उनले पार्टीले निर्णय गरेमा आगामी चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्ने बताए । 

उनले भने – ‘ यस विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । यदि आगामी दिनमा पार्टीले निर्णय गर्यो भने प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु’  माओवादीभित्रको अन्तरविरोध बारे स्वयं प्रचण्डले नै व्यक्त गरेको बताउदै बादलले सबै उनको पछाडि नलागेको प्रष्ट बुझिएको बताए । 

उनले भने – ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’यस्तै उनले अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध लागेको पनि बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस