दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस