परम्परागत चलिआएको भष्ट्रचार हटाउन गाह्रो : मालपोत प्रमुख गोपाल प्रसाद बराल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ९, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
परम्परागत चलिआएको भष्ट्रचार हटाउन गाह्रो : मालपोत प्रमुख गोपाल प्रसाद बराल

असोज ९ गते । बाराको कलैया स्थित मालपोत तथा भुमि सुधार कार्यलयमा हरेक फाँटमा रु १०० देखि रु ५०० सम्मको नेपालि नोट नदिए कुनै फाईल अगाडि नबढ्ने गरेको गुनासो पहिला देखि नै चलिआएको छ। मालपोत तथा भुमि सुधार कार्यलयमा जग्गा रोका , जग्गाको किताकाट , जग्गा फुकुवा , जग्गा नामसारी , जग्गा दा खा , मठ भिडाउने श्रेस्ता नकल पुर्जा जस्ता कामहरू हुने गरेको पाईन्छ। जग्गा सम्बन्धित काम गराउन मालपोत तथा भुमि सुधार कार्यलयमा जाँदा हरेक फाँटमा तथा हरेक झ्यालमा बिना पैसाको काम नहुने गरेको गुनासो दिन प्रतिदिन बढ्दै गएको छ। मालपोत तथा भुमि सुधार कार्यलयमा तोक दर्ता फाट ३ वाटा मोठ फाट १ वाटा मुद्दा फाट २ वाटा रजिस्टेस्न फाट २ वाटा सोधपुछ फाट १ वाटा तामेली फाट रहेको छ । थाइ कर्मचारी तथा करारमा भर्ना भएका कर्मचारीहरु आर के , डि आर , डि एच ,एन एम ,तथा ईन्ट्री समेत गर्नमा पनि बिना १०० देखी ५०० पैसा नलि काम नगर्ने गरेको जानकारी प्राप्त भएको छ। मालपोत तथा भुमि सुधार कार्यलयमा सम्पुर्ण कागज पत्र ठिक दुरुस्त भए पनि पैसा नदिए ति कर्मचारीहरु बिभिन्न बहाना बनाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने शनि जैयस्वालले गुनासो पोखेका छन। साथै जो सेवाग्राही तथा लेखापढी व्यवसायीहरु पैसा फाईलमा राखि दिएमा काम चाडै नै गरीदिने गरेको आरोप समेत लगाएका छन। कर्मचारी र लेखापढी ब्यवसायी ले सेवाग्राही लुट्ने गरेको छ बताए । मालपोत तथा भुमि सुधार कार्यलय कलैया बाराको प्रमुख गोपाल प्रसाद बरालसँग प्रतिक्रिया लिंदा यो पैसा लिने काम परम्परागत रूपमा नै चलिआईरहेको हो। यसलाई भन्ने बितिकै हटाउन सकिदैन। साथै सम्पुर्ण कर्मचारी हरुलाई यस्तो किसिमको काम गर्न निर्देशन दिएको छु। सेवाग्राहीहरु मालपोतमा नआएको मात्र लेखापढी व्यवसायीहरु नै आउने गरेकोले यस्तो किसिमको आरोप लगाएको हो। मालपोत कार्यालयको सेवाग्राही भनेको त्यहिँ लेखापढी व्यवसायीहरु हुन। कुनै कर्मचारी लेखापढी व्यवसायीसँग मिलाउन सके गुनासो नआउने तर मिलाउन नसके मात्र गुनासो आउने गरेको देखिन्छ भनि वरालले बताएका छन। एउटा लेखापढी व्यवसायीहरु १० / १० जना कर्मचारी राखी जनतालाई लुट्ने गरेका छन। एउटा फर्मले कसरी कसरी त्यति कर्मचारी राखेका होलान भनि जिग्यासा समेत गरेका छन। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा का अध्यक्ष बृजकिशोर यादव ( भगतजी ) सँग प्रतिक्रिया लिंदा हाम्रो रोहबरमा कुनै कर्मचारीले पैसा माँग्ने नगरेको साथै मालपोत कार्यालय मा गुनासो सुन्ने डेक्स राख्न गईरहेको जानकारी गराएका छन।

ताजा अपडेट

खोजी गर्नुहोस