सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन, देशैभरी लागू हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन, देशैभरी लागू हुने

काठमाण्डाै – सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।

विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।  अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ  ।

भाडा निर्धारण  गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिइ प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

नयाँ भाडादरअनुसार काठमाण्डौबाट इलाम जाने यात्रुले एक हजार ६ सय ९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ । काठमाण्डौबाट काँकडभिट्टा जानका लागि  एक हजार ४ सय ७० रुपैयाँ भाडा लाग्ने भएको छ।

विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा  २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा  २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस