रूपनि गाउँपालिकामा जसपा नेपालको वडा स्तरिय नेता कर्याकर्ता भेला सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

नवीन यादव, सप्तरी । सप्तरीको रूपनि गाउँपालिका वाड नं ४ को छपकी भथौलमा शनिबार जनता समाजवादीपार्टी नेपालको वडा स्तरिय नेता कर्याकर्ता भेला सम्पन्न भएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय बिकि यादब , रुपनि गाउँपालिका को अध्यक्ष हरेराम यादब , त्यस्तै गरि गाउँपालिका का उपाध्यक्ष बेचनि देबि सरदार, २ न.प्रदेश आम संचार प्राधिकरणको अध्यक्ष श्याम सुन्दर यादब, विद्यार्थी नेता शंम्भु यादब,जिल्ला युवा अध्यक्ष शिवम जादब,जिल्ला युवा संघ सदस्य धिरेन्द्र चौधरि,युवा नेता अशोक यादब, लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा वडा न.४ का संमपुर्ण अगुवा कार्यकर्ता लगभग ३०० को उपस्थिति रहेको युवा नेता शिवम यादवले बताउनु भएको छ । त्यस्तै गरि पुर्व वडा अध्यक्ष मिश्रीलाल यादव अध्यक्षतामा कार्यक्रम भएको थियो । भने सो कार्यक्रमको उदघोषक वडा प्रत्यासि उमेदवार तेज नारायण यादबले गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस