रौतहटमा इन्स्पेक्टरद्वारा किनबेच गरी घर चलाउने महिलाहरूमाथि दुर्व्यवहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटमा इन्स्पेक्टरद्वारा किनबेच गरी घर चलाउने महिलाहरूमाथि दुर्व्यवहार

राजकुमार यादव, रौतहट । रौतहट जिल्लाको देबाही गोनाही सशस्त्र प्रहरी वेश क्याम्पका इन्स्पेक्टर विक्रम बोकटी र सोही क्याम्पका घुमुवाले काम गरि आफ्नो जिविको पार्जन गर्ने महिलाहरू माथी दुर्व्यवहार गरेका छन्।
आफ्नो ५-५ ओटा छोराछोरीको लागि काम गर्न बाध्य भएका रौतहटकी केही महिलाहरू कुनै होलसेल पसल बाट प्रचुन समान किनि टोकरीमा राखी टाउकोमा बोकेर गाउँ-गाउँ, हाट बजार तथा मेलाहरुमा बेचेर आफ्नो बालबालिकाहरुको जिविको पार्जन गर्ने गर्छन् । त्यही क्रममा रौतहट देवाही गोनाही, टिकुलिया टोल नजिक सशस्त्र प्रहरी वेश क्याम्पका घुमुवा प्रहरी असहाय महिलाहरूलाई समान बेच्ने लाइसेन्स र पान नम्बर नभएको भन्दै दुर्व्यवहार गरेका हुन । सो क्याम्पका प्रहरीले प्रचुन समान किनबेच गर्ने महिला संग रकम पनि मांगेको महिलाको अरोप रहेको छ। प्रहरीले महिला संग १० हजार रूपैया मांगेको थियो। नत वेश क्याम्पलाई महिना गर भन्दै कडाशैलीमा प्रहरीले महिलालाई ढाटेको भन्दै महिलाले एक भिडियोमा अरोंप लगएकी हुन्। सो भिडियो सोसल मिडिया फेसबुकमा सार्वजनिक रहेको छ।
प्रचुन सम्मान किनबेच गरि खाने महिलाहरु माथि भएको दुर्व्यवहार को बिरोध गर्दै रौतहट क्षेत्र नम्बर ३ “ख” का निर्वाचित बिधायक कुन्दन कुशवाहाले न्यायका लागी त्यी महिलाहरूलाई साथमा लिएर सशस्त्र प्रहरी वेश क्याम्प देबाही गोनाही पुगे र मिहिनेत गरेर आफ्नो बालबालिका पाल्ने महिलाहरु माथि किन दुर्व्यवहार भयो भनेर सोध्दा त्यहाका इन्स्पेटर विक्रम बोकटिले म यो विषयमा तपाई संग केही कुरा गर्न चाह्दैनौ भनेर भन्नुभयो। विधायक कुशवाहाले बताए।
यहाँका जनताहरु आफ्नो सुरक्षाका लागि तपाइँहरुलाई यहाँ राखेका हुन।यो विषयमा तपाइले म संग कुरा गर्नैपर्छ भनेर बिधायक कुशवाले भनिराख्दा पनि इन्स्पेक्टर बोकटिले टेरेन। यस्ता घट्नाहरु दिनहु भइरहेको भन्दै बिधायक कुन्दन कुशवाहाले आपत्ति जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस