१०३ किलो गाँजासहित ९ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १८, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
१०३ किलो गाँजासहित ९ जना पक्राउ

सिरहा,१७ श्रावण। सिरहाको औरही गाउँपालिका–४ कमलपुरबाट प्रहरीले एक सय तीन किलो गाँजासहित नौ जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले पाँच बोरा गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेकामध्ये आठ जना नेपाली र एक जना भारतीय नागरिक छन्।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–१ का ४२ बर्षिय जयराम जोशी, ३० बर्षिय शिवकुमार सदा, २२ बर्षिय कृष्ण सदा, १८ बर्षिय सुरज सदा र १७ बर्षिय पशुपति सदा रहेका छन्। त्यस्तै, सोही ठाउँका ३२ बर्षिय जीवछ साह, औरही – ३ का ४२ बर्षिय राजेन्द्र यादव, र भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का ३९ बर्षिय वैजनाथ चौधरी र ३० बर्षिय रमेश कामत रहेका छन्।

बरामद गाँजा पाँच वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिएका छन्। प्रहरीको प्रारम्भिक अनुमानमा गाँजा बिक्री वितरणका लागि तयारी अवस्थामा रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस