लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १९, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

सप्तरी,१८ श्रावण। सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तसरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।

आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए । ब्युरोका सई बालकृष्ण सन्जेल नेतृत्वको टिमले आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस