पर्सामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १९, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
पर्सामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

पर्सा, १८ श्रावण। पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जितनलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस