सवारी दुर्घटना हुँदा,११ तिर्थालुको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १९, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
सवारी दुर्घटना हुँदा,११ तिर्थालुको मृत्यु

जनकपुर, १८ श्रावण। भारतको उत्तर प्रदेशको गोंडा जिल्लामा भएको सवारी दुर्घटनामा परी ११ जना तिर्थालुको मृत्यु भएको छ।

तीव्र गतिमा रहेको बोलेरो जिप अनियन्त्रित भई सरयु नहरमा खस्दा दुर्घटना भएको हो। गाडीमा १५ जना तिर्थालु सवार थिए। स्थानीयवासीले शीशा फोडेर ४ जनालाई सकुशल उद्धार गरेका छन्। मृत्यु हुनेमा ६ महिला, २ पुरुष र ३ बालबालक छन्।

उनीहरू पृथ्वीनाथ मन्दिरमा जल चढाउन जाँदै गर्दा बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडीको गति दुर्घटनाको समयमा झन्डै ६० किमी प्रतिघण्टा थियो। घटनापछि उद्धार र अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस