जुवातास खेलेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २१, मंगलबार (६ महिना अघि)
  • २ पटक पढिएको
जुवातास खेलेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ

काठमाडौं, २० श्रावण। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलेको आरोपमा चारजना समातिएका छन् ।

खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

उनीहरुबाट नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाइस थान १, डिजिटल तास खेलाउने डिभाइसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान बरामद भएको छ ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस