झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २२, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

 विराटनगर, २१ श्रावण। झापामा खेतमा पानी लगाउने  क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस