
उदयपुर, २१ श्रावण। आफ्नै घरमा बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ का ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार साँझ ७ः३० बजे आफ्नै घरमा होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको थियो ।
तर उपचारको क्रममा ७ः४५ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
