छनकीको मदिरा भट्ठीमा चाकु हानाहान, पाँच जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
छनकीको मदिरा भट्ठीमा चाकु हानाहान, पाँच जना घाइते

सर्लाही, २२ साउन । सर्लाहीको बलरा नगरपालिकाको छनकी टोल स्थित सीमावर्ती क्षेत्रमा संचालित मदिरा पसलमा बुधवार राति मदिरामा लट्ठ भएका व्यक्तिहरु बीच चाकु हानाहान हुँदा पाँच नेपाली नागरिक घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेका छन् ।

नेपाल भारत सीमावर्ती क्षेत्रमा अवस्थित बलरा नगरपालिका–१ छनकी टोलीमा रहेका एक मदिरा पसलमा गएराति १०.१५ बजेको समयमा भारतीय नागरिक र नेपाली नागरिकहरु मदिरामा लट्ठ भई बादविवाद पश्चात चाकु हानाहान हुँदा पाँच नेपाली नागरिक घाइते भएका हुन् ।

चाकु प्रहारबाट छनकीका २५ बर्षीय धर्मविर सहनीको पेटमा चाकु लागेर गम्भीर घइते भएपछि तत्कालै बलरा नपा–४ स्थित धुलिखेल अस्पतालमा उपचार भईरहेको बताइएको छ । सोही स्थानका ३५ बर्षीय अनिल मण्डल, २५ बर्षीय दशरथ सहनी, २० बर्षीय कमलेश पटेल, २८ बर्षीय अनुज पटेलको चाकु प्रहारबाट हातमा घाउ लागेर सामान्य घाइते भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले मदिरा खाएर सीमापारीको ५–६ जना व्यक्ति संग केही स्थानीय बीच झै झगडाको क्रममा सीमापारीको युवकहरुद्वारा चाकु प्रहार गरिएको स्वीकार्दै तिनीहरु घटना गरेर पारी तर्फ भागेको बताए । सीमापारीको प्रहरी संग समन्वय गरेर घटनामा संलग्न व्यक्तिहरुलाई समात्ने प्रयास जारी रहेको उनले स्पष्ट पारे ।

चाकु प्रहारबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको समेत उनले बताए । सीमावर्ती क्षेत्रमा मदिरा भट्ठीहरु माथि कडा निगरानी राख्न विशेष टोली परिचालन गरिने समेत प्रहरी निरीक्षक सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस