बलाराको सई सहित तिन जना कुटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
बलाराको सई सहित तिन जना कुटिए

सर्लाही, २२ श्रावण। सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा अपराधिक समुहद्वारा इलाका प्रहरी कार्यालय बलराको प्रहरी नायव निरीक्षक (सई) सहित तिन जना कुटिएका छन् ।

रामनगर गाउँपालिका–१ खैर्वा निवासी रोहित कुमार सहनी पसल बन्द गरेर बलरा बजारबाट बुधवार राति ९.१५ बजेको समयमा घर तर्फ जाने क्रममा बलरा नपा–४ प्राथमिक विद्यालय अगाडी ५–७ जनाको संख्यामा रहेका अपराधिक समुहले निजलाई लुटपाट गरेर कुटपिट गरेको खवर पाउना साथ इलाका प्रहरी कार्यालय बलराबाट सईको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ गएका थिए ।

घटनास्थल तर्फ अघि नै ति अपराधिक समुह बाटोमै फेला पारेपछि इप्रका बलराको सई गौरीशंकर साहले सोधपुछ गर्दा ति समुह सई साह माथि जाई लाग्दा उनको बाँया हातमा चोट लागेर गम्भीर घाइते भए । साथै उनी संगै रोहितकुमार सहनी काम गर्ने पसलका साउ रामनगर गापा खैर्वाका ४० बर्षीय नविन चौधरीलाई समेत टाउकोमा प्रहार गरे ।

चौधरीको टाउकोमा दुई वटा टाँका लागेको बताइएको छ । अपराधिक समुहमा संलग्न युवाहरु स्थानीय जब्दी टोलकै रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । अपराधिक समुहलाई समात्न सशस्त्र प्रहरी पनि घटनास्थलमा तत्कालै पुग्दा उनीहरु फरार भएका थिए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षको झगडाको क्रममा सई साहलाई सामान्य चोटपटक लागेको स्वीकार्य गरे । सई साहको हातमा सामान्य चोट लागेको अन्य दुई जना सामान्य घाइते भएको उनले जानकारी दिए ।

अपराधिक समुहले रोहितकुमार सहनीले प्रयोग गरेका मोटरसाइकल तोडफोड गरेको छ भने लुटपाट कतिको गरेको वारे अहिले सम्म जानकारी प्राप्त भईसकेको छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस