ठगी गरेको आरोपमा २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, २२ श्रावण। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ घर भएका ४१ वर्षीय रामबहादुर थिङ र भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने रामेछाप, रामेछाप नगरपालिका–३ घर भएका ३७ वर्षीय चन्द्रबहादुर सुवेदी रहेका छन् ।

पक्राउ मध्ये रामबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्रबहादुरले हँगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस