सिरहाबाट पेस्तोलसहित ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
सिरहाबाट पेस्तोलसहित ३ जना पक्राउ

सिरहा,२२ श्रावण। सिरहाको नरहा गाउँपालिका–३ बाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी घर भएका १९ वर्षीय ऋषि नाथ मण्डल, २० वर्षीय ओम शंकर यादव र १९ वर्षीय आकाश कुमार मण्डल छन् ।

उनीहरू भारतीय नम्बरको एउटै मोटरसाइकलमा चढेर नेपाल तर्फ आउँदै थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मोटरसाइकलको पछाडि सवार आकाश मण्डलको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको जिप्रका सिरहाका डीएस्पी वीरेन्द्र कुमार पासवानले बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस