
काठमाडौं, ३० पुस। बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा तेह्रथुम घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका ५५वर्षीय रमेश कुमार बस्नेत छन् ।
उनीविरुद्ध नारदमणि बाँस्तोलाले जाहेरी दिएका थिए । बैंकिङ कसुर मुद्दमा बस्नेतलाई ५ दिन कैद र ३० लाख जरिवाना, पीडित राहत कोषमा १ लाख २० हजार तिर्नुपर्ने फैसला भक्तपुर जिल्ला अदालतले गरेको थियो ।
उनलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको हो ।

