झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ३०, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, ३० पुस। झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे ८ बजे विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कारले मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा बीएएबी ६१२६ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय कमल पराजुली गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेपछि पराजुलीलाई तत्काल उपचारका लागि बीएण्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्‍याएको करिब ५० मिनेटपछि, राति ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ठक्कर दिने सवारी साधन घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने फरार कारको खोजतलास तथा घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस