प्रहरी बनेर काठमाडौंमा लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ३०, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
प्रहरी बनेर काठमाडौंमा लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं, ३० पुस। प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् ।

उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए ।

पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, मुन्द्रा बरामद भएको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस