मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा सञ्चालन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा सञ्चालन

नेपालगञ्ज, ०२ माघ। प्रतिनिधिभा सदस्य निर्वाचन २०८२ का लागि आज यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ  । बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले आजै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाललगायत सहभागी रहेका थिए । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस