रविविरुद्ध आरोपपत्र संशोधन स्वीकृतिविरुद्ध सर्वोच्चमा रिट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रविविरुद्ध आरोपपत्र संशोधन स्वीकृतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०२ माघ। रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् ।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन् । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस