भ्यान दुर्घटना हुँदा दोलखामा तीन घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
भ्यान दुर्घटना हुँदा दोलखामा तीन घाइते

काभ्रेपलाञ्चोक, ०२ माघ। दोलखाको खरिढुङ्गामा भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत भिमेश्‍वर–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नं. को ईभी भ्यान दुर्घटना भएको हो ।

काठमाडौंबाट चरिकोट तर्फ जाँदै गरेको भ्यान तुसारोको कारण सडकमा चिप्लिएर दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा दोलखा भिमेश्‍वर न.पा. ६ बस्ने ६२ वर्षीय हरी बहादुर ठकुरी, हरीबहादुरकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी र रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ बस्ने ४५ वर्षीया रेखा नेपाली भाइते भएका छन् ।

घाइतेहरूको चरिकोटमा उपचार भइरहेको छ । भ्यान चालक रामेछापको मन्थली–१२ गेलु बस्ने २७ वर्षीय रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो भ्यानमा चालकसहित ६ जना थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस