लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ 

काठमाडौं, ०२ माघ। प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाईं रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘टोखा नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित चौलागाईँलाई पक्राउ गरिएको हो ।’

प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस