गगनलाई बधाइ दिंदै सुजताले भनिन्– पार्टी फुटेको होइन, नेतृत्व परिवर्तन मात्रै भएको हो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • ३ पटक पढिएको
गगनलाई बधाइ दिंदै सुजताले भनिन्– पार्टी फुटेको होइन, नेतृत्व परिवर्तन मात्रै भएको हो

काठमाडौं, ०३ माघ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´

उनले बधाई्का साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिएकी छिन् ।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्ति र नडराउन सुझावसमेत दिएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस