आयोगको निर्णयविरुद्ध देउवा पक्ष न्यायालय पुग्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • ५ पटक पढिएको
आयोगको निर्णयविरुद्ध देउवा पक्ष न्यायालय पुग्ने

काठमाडौं, ०३ माघ। निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

उनले भने, ‘उपस्थित सङ्ख्या समेत नहेरी दूषित मनसायले एकलौटी त्यो निर्णय गरेको छ। विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय देखिन्छ। ‘

थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय गरेको बताए। उनले भोलि नै आफूहरू सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस