महन्थ ठाकुरको जितका लागि पार्टीद्वारा विशेष समिति गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • २ पटक पढिएको
महन्थ ठाकुरको जितका लागि पार्टीद्वारा विशेष समिति गठन

काठमाडौं, ०३ माघ। जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरलाई राष्ट्रिय सभामा जिताउन भन्दै पार्टीले एक समिति गठन गरेको छ । 

माघ ११ गते हुने निर्वाचनका लागि ठाकुरले मधेस प्रदेशबाट अन्य समूहबाट  उम्मेदवारी दिएका छन् । उनलाई जिताउनका लागि गठबन्धन दलहरूको बिचमा समन्वय गर्न सो समिति गठन गरेको जसपा नेपालले जनाएको छ । 

तीन सदस्यीय समितिमा प्रमेश्वर साह, मोहम्मद खालिद सिद्धिकी र लालकिशोर साह रहेको सो पार्टीले जनाएको छ । ठाकुर मधेस प्रदेशका लागि कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार हुन् । 

ताजा अपडेट

खोजी गर्नुहोस