कांग्रेस उम्मेदवार चयनका लागि संसदीय बोर्ड बैठक आह्वान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ५, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
कांग्रेस उम्मेदवार चयनका लागि संसदीय बोर्ड बैठक आह्वान

 काठमाडौं, ०५ माघ। नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।

बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस