पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो

काठमाडौं, ०६ माघ। रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस