प्रतिनिधि सभा चुनाव : आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
प्रतिनिधि सभा चुनाव : आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने

रौतहट, ०६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज मंगलवार देशभर उम्मेदवारी दर्ता सुरु हुनेछ ।

निर्वाचन आयोगका अनुसार देशभरीका १६५ वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी मनोनयनका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि किसिमको तडकभडक नगर्न, शान्त, सभ्य र मर्यादित ढंगले निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । भीडभाड व्यवस्थापन तथा मनोनयन प्रक्रियालाई सहज बनाउन प्रमुख राजनीतिक दल र उम्मेदवारका लागि समय समेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधि सभा मध्ये समानुपातिक प्रणाली मार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना निर्वाचित हुने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस