सार्वजनिक सम्पत्ति जलाउने अपराधी, कारबाही हुनैपर्छ : ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ७, बुधबार (१ महिना अघि)
  • ३ पटक पढिएको
सार्वजनिक सम्पत्ति जलाउने अपराधी, कारबाही हुनैपर्छ : ओली

काठमाडौं, ०७ माघ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्।

राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन र राजनीतिक कार्यकर्ताका घर तथा कार्यालय जलाउने कार्य पूर्ण रूपमा आपराधिक गतिविधि भएको ओलीको ठहर छ। “अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ,” उनले भने। अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए।

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार देश जलाउनेहरूकै पक्षमा रहेकाले अपराधीहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको जिकिर गरे। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका ओलीले बुधबार बिहानैदेखि आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस