निर्वाचन आयोगको नयाँ सुविधा : कल सेन्टर सञ्चालन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ७, बुधबार (१ महिना अघि)
  • २ पटक पढिएको
निर्वाचन आयोगको नयाँ सुविधा : कल सेन्टर सञ्चालन

काठमाडौं, ०७ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा सम्बोधन गर्न कान्तिपथस्थित आफ्नै कार्यालयमा ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस केन्द्रमार्फत निर्वाचनसँग सम्बन्धित विभिन्न प्रश्न तथा गुनासोहरूको सुनुवाइ गरिनेछ। जम्मा छ वटा डेस्क रहेको यो केन्द्र दैनिक बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

निर्वाचनका बारेमा जानकारी लिन चाहने जो कोहीले पनि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नेछन्। आयोगले प्रविधिको उचित व्यवस्थापन गर्दै एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने गरी प्रणाली विकास गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस