माछा मार्न गएका पुरुष बेपत्ता, तेस्रो दिनसम्म फेला परेनन्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • ३ पटक पढिएको
माछा मार्न गएका पुरुष बेपत्ता, तेस्रो दिनसम्म फेला परेनन्

काठमाडौँ, १३ माघ। म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेका थियो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस