जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • २ पटक पढिएको
जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना

काठमाडौं, १३ माघ। काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए ।

‘तीनवटा सवारी एक आपसमा ठोक्किएर केहीबेर अघि दुर्घटना भएको थियो,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने, ‘मोटरसाइकलमा आगलागी भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस