कोलकाताका दुई गोदाममा भीषण आगलागी, कम्तीमा आठ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • ३ पटक पढिएको
कोलकाताका दुई गोदाममा भीषण आगलागी, कम्तीमा आठ जनाको मृत्यु

नयाँ दिल्ली, १३ माघ। भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित आनन्दपुर क्षेत्रमा सोमबार दुई ओटा गोदाममा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । कम्तीमा २० जना कामदारका परिवारले प्रहरी चौकीमा मान्छे बेपत्ता भएको उजुरी लेखाएका छन् । कोलकाता प्रहरीका एक अधिकारीले अहिलेसम्म फेला परेका सबै आठ जनाको शव नराम्ररी जलेको र पहिचान गर्न गाह्रो भएको बताएका छन् ।

यसैबीच, घटनालाई लिएर राजनीतिक विवाद पनि तीव्र भएको छ । दमकल स्रोतले एक प्रसिद्ध मोमो कम्पनीका यी गोदामहरूमा पेय पदार्थ र सुख्खा खानाका प्याकेटहरू राखिएको बताएको छ । आइतबार साँझ ३ बजे आगलागी भएको खबर आएको थियो । लगभग एक दर्जन दमकलले आगो निभाउन प्रयास गरेको भएपनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएको बताइएको छ ।

बरुईपुरका प्रहरी अधीक्षक शुभेन्दु कुमारले पत्रकारहरूलाई भने, ‘यस समयमा, जनधनको क्षतिको सही तथ्याङ्क दिन असम्भव छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र तस्वीर स्पष्ट हुनेछ ।’ दुबै गोदामहरू ठूलो क्षेत्रफलमा बनेका र आगो कसरी सुरु भयो भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको घटनास्थलको भ्रमण गरेका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस