वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १३, मंगलबार (४ हप्ता अघि)
  • २ पटक पढिएको
वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, १३ माघ। चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

प्रचलित कानुन बमोजिम उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

वैधानिक आयभन्दा कूल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएकोले आचार्य र सुवेदी उपर मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ आयआर्जन गरेको देखिएको छ । तर आयआर्जन तथा खर्च र बैंक मौज्दात मूल्यांकन गर्दा अस्वभाविक रूपमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ सम्पत्ति बढी देखिन आएको आयोगको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस