रौतहटमा नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • ५ पटक पढिएको
रौतहटमा नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ

रौतहटको नेपाल–भारत सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले नक्कली जस्तो देखिने भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई रोकेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट शंकास्पद नोट फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाका ४२ वर्षीय राकेश कुमार साह र ३० वर्षीय बिक्रम कुमार पासवान रहेका छन्। उनीहरूले प्रयोग गरेको द्यच् घण् ब्ँ छठघज्ञ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले बताएका छन्।

सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट भारु २,५०० बराबरका नक्कली जस्तो देखिने नोट फेला परेका छन्। बरामद नोटमध्ये ५०० दरको १ थान र २०० दरका १० थान रहेका छन्।

सीमा सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टका अनुसार शंकास्पद नोट बाहेक उनीहरूको साथबाट सक्कली भारु १७७, दुई थान एन्ड्रोइड मोबाइल र मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस