विप्लव समूह त्यागेर चिरञ्जीवी ढकाल प्रचण्डसँग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (४ हप्ता अघि)
  • २ पटक पढिएको
विप्लव समूह त्यागेर चिरञ्जीवी ढकाल प्रचण्डसँग

काठमाडौं, १४ माघ। विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन् ।

उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रुपमा प्रवेश गराउने कार्यक्रम छ ।

स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपा माओवादीका नेता ढकालसँगै आठ जना केन्द्रीय सदस्यहरु नेपाली कम्युनिस्ट पार्टीमा गएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका ढकाल काठमाडौं निवासी हुन् । पार्टीमा उनी विप्लव र प्रकाण्डको निकट मानिन्थे । उनी दाङमा आयोजित तत्कालीन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत केन्द्रीय अध्यक्ष चुनिएका थिए ।

एमसीसीको विरोध लगायतका आन्दोलनका क्रममा उनी पटक-पटक पक्राउ परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस