बलात्कार अभियोगमा फरार रहेका व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
बलात्कार अभियोगमा फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, १८ वैशाख। बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–५ मोतीपुर घर भएर पर्सा बस्दै आएका २१ वर्षीय अरुण कुमार यादव छन्। शुक्रबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले जानकारी दिए।

आरोपी जबरजस्ती करणी मुद्दामा फरार थिए । उनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइने डीएसपी कार्कीले बताए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस