विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (२ घण्टा अघि)
  • ४० पटक पढिएको
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौं, २० वैशाख। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस