कार्कीले नियुक्त गरेका केही व्यक्तिहरू पदबाट हटाइए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (२ घण्टा अघि)
  • ४० पटक पढिएको
कार्कीले नियुक्त गरेका केही व्यक्तिहरू पदबाट हटाइए

काठमाडौं, २० वैशाख। सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सार्वजनिक निकायमा राजनीतिक नियुक्ति पाएका झण्डै १६ सय पदमुक्त भएका छन् ।

अध्यादेशबाट ११० कानुन संशोधन गरिएपछि विश्वविद्यालय, संस्थान, प्रतिष्ठान, प्राधिकरण, परिषद्, कोष, आयोगलगायतका निकायमा राजनीतिक नियुक्ति पाएका उनीहरू एकसाथ पदमुक्त भएका हुन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नियुक्त गरेका केही पदाधिकारी पनि यही घानमा परेका छन् ।

अध्यादेश आएपछि प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी पनि पदमुक्त भएका छन् । काउन्सिलमा एमाले-कांग्रेस सरकारले नियुक्त गरेका सदस्य पनि हट्ने छन् ।
कार्कीले जाँदाजाँदै स्वकीय सचिव श्रेष्ठलाई कोषमा नियुक्ति दिलाएकी थिइन् ।

विभिन्न सार्वजनिक निकायमा नियुक्त पदाधिकारीको नियुक्ति सर्त, सुविधा वा पदावधि बाँकी जेसुकै भए पनि स्वतः पदमुक्त हुने व्यवस्था अध्यादेशले गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस