दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (२ घण्टा अघि)
  • ५४ पटक पढिएको
दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको ज्यान गयो

काठमाडौं, २० वैशाख। भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रमा शनिबार राति चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

आगलागीका क्रममा जलेर तथा धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। दमकल विभागका अनुसार आगलागीबाट १५ जनालाई सकुशल उद्धार गरिएको छ ।

घटनास्थलमा पुगेका दमकलका १५ वटा गाडीले करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। विभिन्न तलामा भेटिए शव प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दोस्रो तलामा पाँच जना, तेस्रो तलामा एक जना तथा चौथो तलाको छत नजिक तीन जनाको शव फेला परेको छ।

चौथो तलामा रहेका केही व्यक्ति ज्यान जोगाउन छततर्फ भागे पनि छतको ढोका बन्द रहेको कारण बाहिर निस्कन नसकेपछि धुवाँमा निसास्सिएर बेहोस भएका थिए। शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले प्रारम्भिक जानकारी दिँदै आगलागीको सूचना बिहानै प्राप्त भएको र तत्काल उद्धार तथा आगो नियन्त्रण कार्य सुरु गरिएको बताए ।

उनका अनुसार घटनास्थलबाट हालसम्म ९ वटा शव बरामद भइसकेका छन् भने खोज तथा उद्धार कार्य अझै जारी छ। बिहानै प्राप्त भयो सूचना विवेक विहार प्रहरी कार्यालयमा बिहान करिब ३:४८ बजे आगलागी भएको बारे पीसीआर कल आएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी प्रमुख, एसीपी सहितको टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि दमकल, क्राइम टिम तथा अन्य आपतकालीन निकायहरू परिचालित भएका थिए ।

दमकल विभागका अनुसार आगो तेस्रो र चौथो तलामा रहेका फ्ल्याटहरूमा फैलिएको थियो। उद्धारका क्रममा १० देखि १५ जनालाई भवनबाट बाहिर निकालिएको थियो, जसमा दुई जनालाई सामान्य चोट लागेको र उनीहरूको उपचार गुरु तेग बहादुर अस्पतालमा भइरहेको छ ।

प्रारम्भिक अनुमान: शर्ट सर्किट प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण विद्युत् सर्ट सर्किट हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा डीडीएमए टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ । आगलागीपछि क्षेत्रभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस