रौतहटमा एक अनलाइन सञ्चार माध्यमको उद्घाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २, शनिबार (४ साल अघि)
  • २७ पटक पढिएको
रौतहटमा एक अनलाइन सञ्चार माध्यमको उद्घाटन

रौतहट, असोज २
जिल्लाको सदरमुकाम गौरमा एक अनलाइन सञ्चार माध्यमको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबिच प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र राय यादवले अनलाइन कान्तिपुर डटकमको उद्घाटन गरेका हुन्।
रौतहटको पत्रकारितालाई मर्यादित पत्रकारिता बनाउन पत्रकारहरुसंग मन्त्रि यादवले आग्रह गरेका छन्। पत्रकार जस्तो राज्यको अभिन्न अंग र गरिमामय क्षेत्र भएकाले नया सञ्चार क्षेत्र स्थापना हुनु आफैमा सवल पक्ष रहेको बताउंदै सत्य तथ्य निष्पक्ष र खोज पत्रकारीतामा मन्त्रि यादवले जोड जोड दिएका छन् ।

समाजिक सञ्जाललाई अहिले सुचनाको रुपमा प्रयोग गर्ने गरेकोले यसले सामाचारको अस्तित्व नै समाप्त हुने नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको भनाइ रहेको छ ।

कार्यक्रममा सम्राट अनलाईन कान्तिपुर प्रा.लि. का अध्यक्ष संजिव झा ,गरुडा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सरोज यादव, नेपाल पत्रकार महासंघको सदस्य तथा संगम खबर डटकमको सम्पादक दिनेश संगम, रौतहट टुडेका जितेन्द्र दास, सञ्चारकर्मी, श्रीकान्त यादव, जितन यादव, सोनु कुश्वाहा, श्रीनिवास ठाकुर लगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस