‘कांग्रेसमा तिखा टिप्पणी हुन्छन्, व्यक्तिगत नलिऔं’ : गगन थापा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (४३ मिनेट अघि)
  • २५ पटक पढिएको
‘कांग्रेसमा तिखा टिप्पणी हुन्छन्, व्यक्तिगत नलिऔं’ : गगन थापा

काठमाडौं, १ असोज। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रुपमा लिने गरेको छैन,’ उनले भने ।

उनले नेपाली कांग्रेस दाइभाइवाला पार्टी भएको र एउटै परिवारका रुपमा लिन आग्रह गरे ।

‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भनेका छन्, ‘मबाट पनि भयो होलान्, अरु साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस